FLASH NEWS

धुनिवेशी नगरपालिकाद्वारा बेरोजगार सूचीमा सूचीकृत हुन आह्वान

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ फागुन २९, शुक्रबार (२ महिना अघि)
  • ११९

    Shares

धुनिवेशी नगरपालिकाद्वारा बेरोजगार सूचीमा सूचीकृत हुन आह्वान

धुनिवेशी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बेरोजगार व्यक्तिहरूको सूचीमा सूचीकृत हुन नगरवासीहरूलाई आह्वान गरेको छ। नगरपालिकाको रोजगार सेवा केन्द्रले एक सूचना जारी गर्दै बेरोजगार नागरिकहरूलाई चैत मसान्तभित्र आवेदन दिन आग्रह गरेको हो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४, रोजगारीको हक सम्बन्धी ऐन २०७५ र राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम निर्देशिका २०८२ बमोजिम यो प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ।

को-को हुन सक्छन् सहभागी?

रोजगारमूलक कार्यक्रम वा बेरोजगार सहायता कार्यक्रममा सहभागी हुन इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। आवेदकले आफू स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयमा गएर तोकिएको ढाँचामा व्यक्तिगत र पारिवारिक विवरण भरी निवेदन दर्ता गराउनुपर्नेछ।

आवश्यक कागजातहरू:

१. नेपाली नागरिकताको दुवै भाग प्रष्ट बुझिने फोटोकपी (१ प्रति)
२. अन्य जिल्लाबाट जारी भएको नागरिकता भएमा बसाइँसराइ, विवाह दर्ता वा स्थायी बसोबास खुल्ने प्रमाण पत्रको प्रतिलिपि (१ प्रति)
३. कुनै सीपमूलक तालिम लिएको भए सोको प्रतिलिपि (१ प्रति)
४. पासपोर्ट साइजको फोटो (१ प्रति)

नगरपालिकाका रोजगार संयोजक प्रमिला पाठकका अनुसार निवेदनको ढाँचा र यस सम्बन्धी विस्तृत जानकारी सम्बन्धित वडा कार्यालय वा नगरपालिकाको रोजगार सेवा केन्द्रबाट प्राप्त गर्न सकिनेछ।

बेरोजगार सूचीमा सूचीकृत भएका व्यक्तिहरूलाई योग्यता र क्षमताका आधारमा आगामी आर्थिक वर्षका विभिन्न रोजगारमूलक कार्यक्रमहरूमा प्राथमिकता दिइने नगरपालिकाको उद्देश्य रहेको रोजगार संयोजक पाठकको भनाई छ ।

यस्तो छ सुचना :

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

४ दिन अघि

आज कानुन दिवस

खोजी गर्नुहोस