FLASH NEWS

थाक्रे–५ मा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि एकदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ ४, आईतबार (१४ घण्टा अघि)
  • १५६

    Shares

थाक्रे–५ मा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि एकदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

धादिङ, थाक्रे : धादिङ जिल्लाको थाक्रे गाउँपालिका–५ मा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि एकदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

थाक्रे–५ स्थित प्रेमसागर फाउन्डेसन नेपालको समन्वय तथा काठमाडौँ मेरिडियन स्कुलको सहयोगमा सम्पन्न तालिममा मकवानपुर जिल्लाको थाहा नगरपालिका–११ र १२ तथा धादिङको थाक्रे गाउँपालिकाका वडा नं. ४, ५, ७ र ८ अन्तर्गत प्रेमसागर फाउन्डेसनद्वारा दिवाखाजा कार्यक्रम सञ्चालित १८ वटा सामुदायिक विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो।

तालिममा माध्यमिक तहका विज्ञान, अङ्ग्रेजी र गणित विषयगत शिक्षक तथा प्राथमिक तहका शिक्षकहरूलाई लक्षित गरी शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने, दिगो सिकाइ प्रवर्द्धन गर्ने र समयअनुकूल शिक्षण विधिलाई सरल र सहज बनाउने विषयमा प्रशिक्षण दिइएको थियो। साथै Local, Low cost र No cost शैक्षिक सामग्रीहरूको निर्माण तथा प्रयोगका तरिकाबारे समेत व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ।

थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागी सम्पूर्ण शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। तालिमको सहजीकरण काठमाडौँ मेरिडियन स्कुलका प्रधानाध्यापक दिनेश न्यौपानेको नेतृत्वमा रहेको टोलीले गरेको थियो। प्रेमसागर फाउन्डेसन नेपाल (जन भोजन) कार्यक्रमका व्यवस्थापक भोला राउतले टोलटोलको खबर डट कमलाई जानकारी दिनुभयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस