FLASH NEWS

विविध कार्यक्रमसहित महादेवस्थान माध्यमिक विद्यालयको३७औँ वार्षिकोत्सव सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ पौष १०, बिहिबार (३ घण्टा अघि)
  • ८९

    Shares

विविध कार्यक्रमसहित महादेवस्थान माध्यमिक विद्यालयको३७औँ वार्षिकोत्सव सम्पन्न

धादिङ : महादेवस्थान माध्यमिक विद्यालय धुनिवेशी-५ धादिङले आफ्नो ३७ औं बार्षिकोत्सव तथा नव निर्मित ८ कोठे भवन उद्घाटन समारोह विभिन्न क्रियाकलापहरु सञ्चालन गरि मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिकुमार ढकालले अध्यक्षता गर्नुभएको कार्यक्रमका प्रमुख अतिथि बागमति प्रदेशका पूर्व मुख्यमन्त्री सालिकराम जमरकट्टेल तथा विशिष्ट अतिथि बागमती प्रदेशका निवर्तमान गरिवी निवारण तथा सहकारी मन्त्री मधुकुमार श्रेष्ठ र धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य रहनुभएको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक हरिवहादुर राईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका शिक्षक दिपक भट्टले अतिथिहरुलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशवप्रसाद रूपाखेतीले आर्थिक वर्ष २०८१/८२ को आय व्यय विवरण प्रस्तुत सँगै विद्यालयमा सञ्चालित विभिन्न क्रियाकलापहरुको विवरण र विद्यालयको भावि योजना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयको कक्षा १ देखी १० सम्म कक्षा प्रथम भएका विद्यार्थी, २०८१ को SEE मा सतप्रतिसत नतिजा ल्याउन सफल विषय शिक्षक, विद्यालयमा सबै भन्दा बढी पटक उपस्थित भई सल्लाह सुझाव प्रदान गर्ने अभिभावक र SEE मा सर्वोत्कृष्ट नतिजा ल्याउने छात्रा र उनको अभिभावकलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयले यस शैक्षिकसत्र भरी सञ्चालन गरेको खेलकुद तथा अतिरिक्त क्रियाकलापमा प्रथम स्थान हासिल गरेका विद्यार्थीहरुलाई मेडल प्रदान गरिएको थियो । विद्यार्थीहरुले सामुहिक नृत्य समेत प्रस्तुत गरेको विद्यालयका प्रधानाध्यापक केशवप्रसाद रूपाखेतीले टोलटोलको खबर लाई जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस