७२
Sharesधादिङ: नेपाल तेक्वान्दो सँघ धादिङको अध्यक्षमा रविन्द्र कुमार भुजेल सर्वसम्मत चयन भएका छन् । थाक्रे ८ स्थित होटल पाथीभरामा भएको सँघको चौथो अधिवेशनले भुजेलको अध्यक्षतामा १५ सदस्यिय कार्यसमिती चयन गरेको हो ।
समितीको उपाध्यक्षमा उपाध्यक्षमा गौतम श्रेष्ठ र विदुर वास्कोटा चयन भएका छन् । वास्कोटालाई भने नवनिर्वाचित जिल्ला कार्यसमितीको बैठकले मनोनित गरेको हो । यस्तै कोषाध्यक्षमा धन बहादुर गुरुङ चयन भएका छन् । यस्तै सदस्यहरुमा शुब्बा श्रेष्ठ, कृष्ण भुजेल, वुद्ध मोहित परियार, सँजिव भुजेल र मिलन कार्की चयन भएका छन् ।
यस्तै अन्य सदस्यहरुमा पार्वती अधिकारी, प्रमिता तामाङ, मिलन रसाईली, सुजन पण्डित र रेशम भण्डारी मनोनित भएका छन् । नवनिर्वाचित जिल्ला कार्यसमितीको बैठकले सदस्यमा उनिहरुलाई मनोनित गरेको हो ।
अधिवेशनमा प्रशिक्षक रमेशमान तुलाधर, तेक्वान्दो खेलाडी प्रदिप कंडेल र मण्डली फुड एण्ड भेजिटेबल सप्लायर्सलाई सम्मान गरिएको छ ।
धुनिवेशी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा समाजसेवी कुमार पाण्डेको विशेष आतित्थ्यता र थाक्रे वडा नम्बर १० का वडा अध्यक्ष गोकुल लामिछाने, वडा नम्बर ६ का वडा अध्यक्ष हिरा बहादुर थापा (राजेन्द्र), तेक्वान्दो सहित विभिन्न विधाका खेलको प्रशिक्षक तथा खेलाडी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधी लगायतको आतित्थ्यता रहेको थियो ।