FLASH NEWS

सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ भाद्र २७, शुक्रबार (१ महिना अघि)
  • १६९

    Shares

सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री

काठमाडौं : सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री हुनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार शुक्रबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ। नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए ।

तर, युवा (जेन–जी) आन्दोलनका बलमा प्रधानमन्त्री बनु भएको कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाउनु भएको हो।

नेपालको संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ, जसमा प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको कुनै प्रसंग उल्लेख छैन ।

संविधानको धारा ६१ (१ र २)मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ ।

राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ अनि संविधानको पालन र संरक्षण गर्ने व्यवस्था पनि सोही धारामा रहेको छ ।

राष्ट्रपतिले आफ्नो काम, कर्तव्य र क्षेत्राधिकारको विषय उल्लेख भएको धारा अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस