FLASH NEWS

जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताको लागि थाक्रेबाट दुई रुपाखेती छानिए

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ भाद्र २१, शनिबार (५ घण्टा अघि)
  • ७१

    Shares

जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताको लागि थाक्रेबाट दुई रुपाखेती छानिए

धादिङ : अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा असोज १० गते धादिङबेसीमा हुन गइरहेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताका लागि थाक्रे गाउँपालिकाबाट छात्र–छात्रा दुबै तर्फका विजेता छनोट भएका छन्।

शनिबार थाक्रे गाउँपालिकाको सभा हलमा सम्पन्न गाउँपालिका स्तरीय छनोट प्रतियोगितामा हरिहर–भोजकुमारी माध्यमिक विद्यालय, थाक्रे–१० का छात्र सम्भव रुपाखेती र छात्रा समृद्धि रुपाखेती विजेता बनेका हुन्।

प्रतियोगिताको विषयवस्तु “कृषि उत्पादन, बजार र व्यापार” रहेको थियो। विजयी रुपाखेती दोय अब जिल्लास्तरीय प्रतियोगितामा थाक्रे गाउँपालिकाको तर्फबाट प्रतिस्पर्धा गर्नेछन्।

आगामी असोज १० गते हुने उक्त जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा धादिङका विभिन्न गाउँपालिका तथा नगरपालिकाबाट छनोट भएका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस