FLASH NEWS

कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ मा हुने

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ श्रावण २०, मंगलबार (१ साल अघि)
  • ७४१

    Shares

कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ मा हुने

काठमनडौ :   राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ सार्वजनिक गरेको कक्षा १२ को नतिजा गत वर्षभन्दा सुधार भएको छ । हिजो साँझ बसेको बोर्ड बैठकले सार्वजनिक गरेको नतिजामा गत वर्षभन्दा करिब ९ प्रतिशतले नतिजामा सुधार भएको पाइएको हो ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत वर्षभन्दा नौ प्रतिशतले वृद्धि गर्दै यस वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थीले ‘ग्रेड’ (उत्तीर्ण) प्राप्त गरेको जानकारी दिनु भयो । गत वर्षको नतिजामा ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

यसैगरी, ‘नन्ग्रेड’ पाएका विद्यार्थीका लागि भदौ २८ र २९ गते पूरक अर्थात् मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । दुई विषयमा ‘नन्ग्रेड’ पाएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित रहेका परीक्षार्थीले मौका परीक्षा दिन पाउने गरी व्यवस्था गरिएको अध्यक्ष डा शर्माले जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस