FLASH NEWS

आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन ,देशभर हर्षोल्लासका साथ मनाइँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ श्रावण १, बिहिबार (१६ घण्टा अघि)
  • ५७

    Shares

आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन ,देशभर हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं, साउन १ ।
सौरमासअनुसार हरेक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा आफन्तसँग रमाइलो गरेर हर्षोल्लासपूर्वक मनाइँदैछ।

सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने यो दिनबाट दक्षिणायन सुरु हुने धार्मिक विश्वास रहेको छ। माघ १ मा सुरु हुने उत्तरायण र साउन १ मा सुरु हुने दक्षिणायन नेपाली संस्कृतिमा विशेष धार्मिक महत्व बोकेको पाइन्छ।

धर्मशास्त्रविद्हरुका अनुसार असारभरि खेतमै पसिना बगाउने कृषक समुदायका लागि साउन १ विश्राम र स्वास्थ्य सन्तुलनको दिन हो। हिलोमैलोबाट हुने छालाका रोग निवारण गर्न लुतो फाल्ने परम्परा समेत यस दिनसँग जोडिएको छ।

यस अवसरमा कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीजस्ता औषधियुक्त वनस्पति प्रयोग गरी ‘कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने चलन छ। लुतो फाल्दा परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्टा बजाउने र ढोका बन्द गर्ने परम्परा अझै कतिपय ठाउँमा जिवित छ।

साउन महिनालाई भगवान् शिवको प्रिय महिना मानी शिव पूजाआजा विशेष रुपमा गरिन्छ। यस महिनाभर महिला वर्ग विशेषरूपमा हरियो चुरा, हरियो पहिरन तथा मेहेन्दी लगाएर प्रकृतिप्रतिको निष्ठा प्रकट गर्छन्। यही कारण साउन महिनामा हरियो र रातो पहिरनको बिक्री उल्लेख्य रूपमा बढ्ने गरेको व्यवसायीहरू बताउँछन्।

कृषि, धर्म र प्रकृतिको समिश्रण बोकेको साउने सङ्क्रान्तिले नेपाली समाजमा सांस्कृतिक र सामाजिक एकता थप सुदृढ गराउने विश्वास गरिएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस