FLASH NEWS

थाक्रे–६ मा असहाय र आकस्मिक बिरामीका लागि निःशुल्क अटो सेवा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ अषाढ ३२, बुधबार (१ महिना अघि)
  • २५१

    Shares

थाक्रे–६ मा असहाय र आकस्मिक बिरामीका लागि निःशुल्क अटो सेवा

थाक्रे, धादिङ : सामाजिक उत्तरदायित्व अन्तर्गत थाक्रे गाउँपालिका वडा नम्बर ६ ले जेष्ठ नागरिक, अपांग, अशक्त, असाहाय, दलित, मजदुर, विपन्न समुदायका व्यक्ति तथा आकस्मिक बिरामीहरूका लागि निःशुल्क अटो सेवा सुरु गरेको छ।

आर्थिक रूपमा कमजोर वर्गले आकस्मिक अवस्थामा स्वास्थ्य संस्था , वडा र पालिका सम्म जान तथा महत्वपूर्ण गन्तव्यमा सहज रूपमा पुग्न सकून् भन्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको वडाले जनाएको छ।

“समाजका सबै वर्गसम्म सेवा पुगोस, र कोही पनि सवारी नपाएर उपचार वा आपतकालीन कामबाट वञ्चित नहोस् भन्ने सोचका साथ यो सेवा सुरु गरेका हौं।”वडाध्यक्ष थापाले भन्नु भयो। बुधबार पालिकाबाट अध्यक्ष रामकुमार आचार्य , उपाध्यक्ष यन्त्र बहादुर थापाले वडा अध्यक्ष थापालाई साचो हस्तान्तरण गर्नु भएको हो।

स्थानीय बासिन्दाहरूले वडाको उक्त कदमको स्वागत गरेका छन्। उनीहरूका अनुसार यस्तो पहलले आपतकालीन अवस्थामा ठुलो राहत मिल्नेछ।

उक्त सेवालिनको लागि सवारी चालक: ९८६०८३७७४५ र वडाध्यक्ष: ९८४१९२१७७६ मा सम्पर्क गर्न सकिने छ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस