FLASH NEWS

महाङ्कालेश्वरी विद्यालयमा खेलकुद तथा शैक्षिक सामग्री वितरण

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ अषाढ २४, मंगलबार (११ महिना अघि)
  • ६९६

    Shares

महाङ्कालेश्वरी विद्यालयमा खेलकुद तथा शैक्षिक सामग्री वितरण

थाक्रे,धादिङ:  थाक्रे गाउँपालिका–८ मा रहेको महाङ्कालेश्वरी माध्यमिक विद्यालयमा मंगलबार एक विशेष कार्यक्रमका बीच शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

सोड नेपाल, ओम साइबाबा सामुदायिक अस्पताल र विद्यालयको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक सामग्री, खेलकुद सामग्री तथा खेल पोशाकहरू प्रदान गरिएको हो ।

कार्यक्रममा एसईई परीक्षा २०८१ मा सहभागी भई ग्रेडेड हुन सफल विद्यार्थीहरू तथा विषयगत रूपमा उत्कृष्ट नतिजा ल्याउने शिक्षकहरूलाई बधाई तथा शुभकामना पनि व्यक्त गरिएको विद्यालयले जनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ८ का वडा अध्यक्ष प्रेम कुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आथित्यता रहेको थियो ।

सो अवसरमा सोड नेपालका अध्यक्ष ज्ञानप्रसाद श्रेष्ठ, पूर्व विद्यार्थी समूहका सचिव दयाराम कार्की, शिक्षक अभिभावक संघ अध्यक्ष कुशल तामाङ लगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस