FLASH NEWS

धुनिबेशी–६ मा  उद्योग तथा वाणिज्यसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ अषाढ २०, शुक्रबार (८ घण्टा अघि)
  • ९१

    Shares

धुनिबेशी–६ मा  उद्योग तथा वाणिज्यसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ : धादिङको  धुनिबेशी नगरपालिका–६ मा स्थानीय तहसँग उद्योग तथा वाणिज्य प्रशासन एवं  नियमनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

उद्योग तथा वाणिज्य कार्यालय धादिङबेसीको आयोजनामा सम्पन्न कार्यक्रममा व्यवसायिक फर्म दर्ता, नवीकरण, खारेजी तथा नियमसम्बन्धी कानुनी र नीतिगत व्यवस्था विषयमा विस्तृत जानकारी गराइएको थियो।

कार्यक्रमको सञ्चालन उद्योग तथा वाणिज्य कार्यालय धादिङबेसीका राजेन्द्र कोइरालाले गर्नुभएको थियो। कार्यालय प्रमुख चुडामणि पुरीले व्यवसायिक फर्म दर्ता प्रक्रिया, नवीकरण, खारेजी तथा व्यवसाय सञ्चालनसम्बन्धी कानुनी तथा नीतिगत व्यवस्थाहरूबारे उपस्थितलाई जानकारी गराउनुभएको थियो।

धुनिबेशी–६ का वडाध्यक्ष तथा नगर प्रवक्ता रमेश आचार्यको प्रमुख आतिथ्य र धुनिबेशी–८ का वडाध्यक्ष रामकृष्ण रेग्मीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न वडाका वडा सदस्य, सञ्चारकर्मी, व्यवसायीहरू लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस