FLASH NEWS

आजकों मौसम कस्तो रहला ? हेर्नुहोस

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ अषाढ १२, बिहिबार (१ साल अघि)
  • ५२९

    Shares

आजकों मौसम कस्तो रहला ? हेर्नुहोस

काठमाडौँ:      हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज बिहीबार अधिकांश प्रदेशमा बदली भई वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा को सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली भई केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। तराईमा पनि हल्कादेखि मध्यम वर्षा र हावाहुरी चल्न सक्छ। राति पहाडी र तराईका केही स्थानमा भारी वर्षा को सम्भावना छ।

मधेस प्रदेशमा दिनभर र राति तराई क्षेत्रमा आंशिक बदली रही थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाका साथै हावाहुरीको सम्भावना छ। बागमती प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली भई केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। राति पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा र तराईमा पनि भारी वर्षाको सम्भावना छ।

गण्डकी प्रदेशमा दिउँसो पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा को सम्भावना छ। राति पनि पहाडी र तराईका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशमा दिनभर र राति हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कर्णाली प्रदेशमा दिउँसो पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा को सम्भावना छ। राति भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशमा दिउँसो र राति दुवै समयमा हिमाली, पहाडी र तराईका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ।

महाशाखाले मनसुनी गतिविधि सक्रिय रहेकाले विशेषगरी पहाडी र केही तराईका भूभागमा भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस