



















५४६
Shares
थाक्रे: जनजागृति मा विमा वार्षिक परीक्षाकाे पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। धादिङको थाक्रे गाउँ पालिका ६ महादेवबेशिमा रहेको जनजागृति मा विले शुक्रबार एक कार्यक्रमको आयोजना गरि वार्षिक परीक्षाकाे पुरस्कार वितरण कार्यक्र सम्पन्न गरेको हो।

शैक्षिक शत्र २०८१ काे वार्षिक परीक्षा पश्चात् शिक्षक आन्दाेलनका कारण नाम लिष्ट मात्रै टाँस गरेर नतिजा प्रकाशन गरिएको थियो उक्त परिक्षामा पहिलो दोस्रो तेस्रो हुने विद्यार्थीहरुलाइ पुरस्कार वितरण कार्यक्रमलेभने शुक्रबार पुर्णता पाएकाे हाे । थाक्रे ६ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा वहादुर थापा काे अध्यक्षतामा आयाेजित उक्त कार्यक्रममा बाल कक्षा देखी कक्षा ९ सम्म प्रथम , दितिय , तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई अध्यक्ष थापा र प्रअ लावण प्रसाद फुयलले पुरस्कार हस्तान्तरण गर्नुभएकाे हाे ।



आधारभुत तह कक्षा ८ काे पालिका स्तरिय परीक्षामा प्रथम हुन सफल जनजागृति मा वि का प्रज्वल रुपाखेती र कक्षा ५ मा साेहि विधामा प्रथम रक्षा नेपाल लाई विद्यालयले नगद पुरस्कार सहित सम्मान समेत गरिएको विद्यालयका शिक्षक जयराम रुपाखेतिले टोलटोलको खबर डट कमलाइ जानकारी दिनु भयो ।








