FLASH NEWS

बाढीपहिरो प्रभावित सदस्यलाई नेशनल लघुवित्तको ५० लाख बराबरको नगद राहत

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८३ भाद्र २०, शनिबार (५ घण्टा अघि)
  • १३

    Shares

बाढीपहिरो प्रभावित सदस्यलाई नेशनल लघुवित्तको ५० लाख बराबरको नगद राहत

धादिङ : भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित आफ्ना सदस्यहरूलाई नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब ५० लाख रुपैयाँ बराबरको नगद राहत वितरण गरेको छ।

धादिङ, नुवाकोट र रसुवाका बाढीपहिरो प्रभावित सदस्यलाई लक्षित गर्दै संस्थाले धार्के, परेवाटार, मझिमटार, किस्पाङ, भट्टेडाँडा, खाडीचौर र जालपालगायतका क्षेत्रमा पुगेर राहत वितरण गरेको हो।

विपद्का कारण सदस्यहरू विषम परिस्थितिमा परेको भन्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवको नेतृत्वमा टोली प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गरेको थियो। टोलीले प्रभावित घरहरूको स्थलगत अवलोकन गर्नुका साथै सदस्यहरूसँग प्रत्यक्ष भेट गरी उनीहरूको समस्या तथा क्षतिको अवस्थाबारे जानकारी लिएको थियो।

राहत वितरणका क्रममा संस्थाको केन्द्रीय कार्यालय बनेपाको सञ्चालन विभागका मदन रिजाल, कर्जा विभागका सुशील पौडेल, बनेपाका अनुगमन अधिकृत रामचन्द्र लोहनी, सम्बन्धित शाखाका शाखा प्रमुखलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रभावित सदस्यलाई नगद राहत

प्रभावित सदस्यहरूले तत्काल आवश्यक सामग्री आफैं खरिद गर्न सहज होस् भन्ने उद्देश्यले संस्थाले राहतस्वरूप नगद रकम वितरण गरेको जनाएको छ।

संस्थाका अनुसार धादिङ, नुवाकोट र रसुवाका प्रभावित सदस्यका लागि कुल करिब ५० लाख रुपैयाँ राहत वितरण गरिएको छ। पूर्ण क्षति भएका तथा परिवारका सदस्यको मृत्यु वा बेपत्ता भएका परिवारलाई क्षतिको अवस्थाअनुसार ३० हजार रुपैयाँसम्म नगद राहत प्रदान गरिएको छ।

यस्तै, आंशिक क्षति भएका परिवारलाई क्षतिको अवस्था मूल्यांकन गरी उचित नगद राहत उपलब्ध गराइएको संस्थाले जनाएको छ।

विपद्को कठिन समयमा आफ्ना सदस्यहरूको घरदैलोमै पुगेर राहत उपलब्ध गराउँदै नेशनल लघुवित्तले सदस्यहरूको सुखदुःखमा संस्था सदैव साथमा रहेको सन्देश दिएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस