FLASH NEWS

प्याब्सन धादिङ द्वारा आयोजित हाजिरजवाफ प्रतियोगितामा सक्सेस एकेडेमी प्रथम

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ मंसिर २१, आईतबार (१ महिना अघि)
  • ४४३

    Shares

प्याब्सन धादिङ द्वारा आयोजित हाजिरजवाफ प्रतियोगितामा सक्सेस एकेडेमी प्रथम

धादिङ — निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) धादिङको आयोजनामा धुनिबेशी नगरपालिका–८ स्थित शान्तिदीप एकेडेमीमा आइतबार हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ। जिल्लाका १३ वटा विद्यालयको सहभागितामा सम्पन्न प्रतियोगितामा गल्छी–८,  धादिङको सक्सेस एकेडेमी प्रथम भएके छ।

प्रतियोगितामा सक्सेस एकेडेमीले १३० अंक हासिल गर्दै पहिलो स्थान सुरक्षित गरेको हो। सोही क्रममा मुनाल एकेडेमीले ८० अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्‍यो भने धुनिबेशी नगरपालिका–८को  शान्तिदीप एकेडेमीले ५५ अंकका साथ तेस्रो स्थानमा रह्यो। ब्लुमिङ लोटस अंग्रेजी माध्यमिक विद्यालय र धुनिबेशी आवासीय माध्यमिक विद्यालयले समान ५०–५० अंक प्राप्त गर्दै सान्त्वना स्थान हासिल गरेका छन्।

प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा धुनिबेशी नगरपालिकाका उपप्रमुख सुरज उप्रेतीको प्रमुख आतिथिका रूपमा उपस्थित रहनु भएको थियो। कार्यक्रममा प्याब्सन धादिङका पदाधिकारी, शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस