FLASH NEWS

जन जागृति माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ अषाढ २२, आईतबार (१० महिना अघि)
  • ७१२

    Shares

जन जागृति माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण

धादिङ, महादेववेसी :    जन जागृति माध्यमिक विद्यालय, महादेववेसीका दृष्टिविहीन विद्यार्थीहरूको लागि शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ। सुर्य ज्योति लाइफ इन्स्योरेन्सको सहयोग र मैत्री समाज नेपालको समन्वयमा उक्त सामग्री वितरण गरिएको हो।

विद्यालयका प्रधानाध्यापक लावन प्रसाद फुयालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मैत्री समाज नेपालका उपाध्यक्ष धुर्ब कुमार बस्नेतले बोल्दै, “दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक कम्प्युटर ,ब्याग लगायतका शैक्षिक सामग्री हस्तान्तरण गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो,” भन्दै आफ्नो संस्था यस किसिमका सामाजिक कार्यमा सधैं अग्रसर हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, सुर्य ज्योति लाइफ इन्स्योरेन्स धादिङ शाखाका प्रमुख जीवन सिलवालले आफ्नो संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगात्मक क्रियाकलापहरू गर्दै आएको जानकारी दिनुभयो। उहाँले भने, “यो हाम्रो सुरुवाती प्रयास हो। आगामी दिनमा शैक्षिक सामग्री मात्र नभई अन्य क्षेत्रमा पनि सहयोग विस्तार गर्दै जानेछौं।”

कार्यक्रममा मैत्री समाज नेपालका अध्यक्ष प्रमेन्द्र ढकालले नेपालमा दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक सामाग्रीहरू उपलब्ध गराउन कठिनाइ रहेको उल्लेख गर्दै, “हामीले यी सामग्रीहरू विद्यार्थीको अध्ययन सहज होस् भनेर हस्तान्तरण गरेका हौं,” भन्नुभयो। साथै उहाले सुर्य ज्योति लाइफ इन्स्योरेन्स सितको सम्झौता भए अनुसार यो सामाग्री हस्तान्तरण गरिएको उहाको भनाइ छ।

कार्यक्रममा विद्यालयका स्रोत शिक्षक मेघबहादुर तामाङ, सुर्य ज्योति इन्स्योरेन्स तथा मैत्री समाज नेपालका विभिन्न प्रतिनिधिहरू, शिक्षकगण तथा विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रममा बोल्नु हुदै कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक लावन प्रसाद फुयालले आफ्नो विद्यालयका भाइबैनी हरुको लागि पढाइमा सहयोग पुराउने उदेस्यले यी सामाग्री प्रदान गर्नु भएकोमा सुर्य ज्योति लाइफ इन्स्योरेन्सका टिम र मैत्री समाज नेपालका टिमलाई धनयवाद दिनु भयो। यस्तै उहाले पालिकाबाट प्रत्येक वर्ष रु. ३/३ लाखको बजेट सहयोग प्राप्त हुँदै आएको जानकारी दिँदै, अध्यक्ष रामकुमार आचार्य सहित सम्पूर्ण पालिकाको टिमलाई यसै कार्यक्रम मार्फत धन्यवाद ज्ञापन गर्नुभयो।

उहाँले अन्य संस्थाहरूको सहयोगप्रति पनि आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यालयको गुणस्तर अभिवृद्धिमा ठूलो टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस