FLASH NEWS

धुनिबेशी ५ मा महिलाहरूका लागि अचार बनाउने ७ दिने सीपमूलक तालिम सुरु

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ अषाढ ४, बुधबार (१ साल अघि)
  • ९१६

    Shares

धुनिबेशी ५ मा महिलाहरूका लागि अचार बनाउने ७ दिने सीपमूलक तालिम सुरु

धादिङ :   धुनिबेशी नगरपालिका–५ स्थित अमलेचौरमा महिलाहरूका लागि अचार बनाउने ७ दिने सीपमूलक तालिम सुरु भएको छ। उद्योग तथा वाणिज्य कार्यालय धादिङबेसीको आयोजना तथा धुनिबेशी नगरपालिका र वडा कार्यालयको समन्वयमा तालिम सुरु गरिएको हो।

आजबाट सुरु भएको तालिमको उद्घाटन समारोहमा उद्योग तथा वाणिज्य कार्यालय धादिङबेसीका प्रमुख चुडामणि पुरी ,धुनिबेशी नगरपालिकाका उप–प्रमुख सुरज उप्रेती, वडा अध्यक्ष विशाल भट्टराई, वडा सदस्यहरू सावित्री मिजार, सरिता आचार्य, सानुकान्छा तामाङ , उद्योग तथा वाणिज्य कार्यालय धादिङबेसीका प्रमुख राजेन्द्र प्रसाद कोइरालालगायत तालिममा सहभागीहरुको उपस्थिति रहेको थियो।

सात दिनसम्म सञ्चालन हुने तालिममा लिला गौतम, रजनी लामा, पम्फी तामाङ, गङ्गा लामा र रबिना गुरुङले सहजीकरण गर्ने आयोजकले जनाएको छ।
तालिमको उद्देश्य स्थानीय महिलाहरूलाई अचार उत्पादनको सीप प्रदान गर्दै आत्मनिर्भर बनाउने रहेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस