FLASH NEWS

आजको मौसम कस्तो रहला ? हेर्नुहोस

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ बैशाख २४, बुधबार (११ महिना अघि)
  • ४११

    Shares

आजको मौसम कस्तो रहला ? हेर्नुहोस

काठमाडौं : पश्चिमी-स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली छ। देशको पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका ‍एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना छ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको हिमाली भूभागका एकदुई स्थानमा स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस