FLASH NEWS

थाक्रे ३ मा बैशाख १ गते शुभकामना आदान-प्रदान एवं बृहत साँस्कृतिक कार्यक्रम हुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ चैत्र २६, मंगलबार (१ साल अघि)
  • ८२४

    Shares

थाक्रे ३ मा बैशाख १ गते शुभकामना आदान-प्रदान एवं बृहत साँस्कृतिक कार्यक्रम हुने

थाक्रे:    धादिङ थाक्रे गाउँपालिका ३, झण्डाचुलीमा बैशाख १ गते शुभकामना आदान-प्रदान एवं बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ।
नयाँ वर्ष २०८२ सालको अवसरमा झण्डाचुलीमा राष्ट्रिय झण्डातोलन तथा शुभकामना आदान-प्रदान एवं बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक भूमिचुली युवा क्लबले जनाएको छ।

थाक्रे गाउँपालिकाको समेत सहकार्य रहेको उक्त कार्यक्रममा झाँक्री (बोन्चो) प्रदर्शनी देखि राष्ट्रिय तथा स्थानीय कलाकार हरुको बेजोड प्रस्तुति हुने छ। उक्त कार्यक्रमको मिडिया पार्टनर टोलटोलको खबर डटकम ,कृषि रेडियो ,रेडियो राजमार्ग नागरिक पाटी डट कम,भिजन न्यूज नेपाल डटकम,मिडियाबाजी डटकम लगायत बिभिन्न संचारमाध्यम हरु रहेका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस