FLASH NEWS


आज यी स्थानमा पानी पर्ने सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन २९, बिहिबार (६ दिन अघि)
  • ८८

    Shares

आज यी स्थानमा पानी पर्ने सम्भावना

धादिङ  आज होलीको दिन देशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पहाडी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ ।
हिजो पनि काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परेको थियो । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै लमजुङमा २० मिलिटर पानी परेको छ ।
मौसमविदहरुका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको महाशाखाले जनाएको छ ।

प्रि–मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन र चट्याङसहित दिउँसोतिर पानी पर्ने र रातिको समयमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

विगत चार दिनदेखि धादिङ , काठमाडौ सहित देशका विभिन्न ठाउँमा मौसम बदली रहेको थियो । प्रतिकूल मौसमका कारण हवाई उडानसमेत सामान्य प्रभावित भएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस