FLASH NEWS

आजको मौसम कस्तो रहला ? हेर्नुहोस

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ माघ २१, सोमबार (१ साल अघि)
  • ५९४

    Shares

आजको मौसम कस्तो रहला ? हेर्नुहोस

काठमाडौँ :    हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी तथा हिमाली भू-भागको मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

मधेस प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै स्थानहरूमा लाग्ने हुस्सु/कुहिरो मध्याह्नपछि क्रमिक रूपमा सुधार हुने र बाँकी तराईका केही स्थानहरूमा लाग्ने हुस्सु/कुहिरो मध्यान्न सम्ममा सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोको प्रभावले मध्यान्न सम्मको समयमा तराई भू-भागको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस