FLASH NEWS


थाक्रे ३ मा सोनाम ल्होछार विशेष वृहत कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ माघ २०, आईतबार (१ हप्ता अघि)
  • २१५

    Shares

थाक्रे ३ मा सोनाम ल्होछार विशेष वृहत कार्यक्रम सम्पन्न

धादिङ : थाक्रे ३ मा बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम, विश्व शान्ति पुजा तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

धादिङको थाक्रे गाउँपालिका वडा नं ३ को मल्डुङमा रहेको खेल मैदानमा प्रगतिशिल युवा क्लव को आयोजना र थाक्रे गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल तामाङ घेदुङ थाक्रेको संयोजकत्वमा शनिवार बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम, विश्व शान्ति पुजा तथा रक्तदान कार्यक्रम ‘सोनाम ल्होछारको प्रबद्र्धन हाम्रो सांस्कृतिक अभियान, भन्ने नाराको साथ सम्पन्न भएको हो ।

विशेष गरि तामाङ समुदायले मनाउदै आइरहेको सांस्कृतिक पर्व २८६१ औं सोनाम ल्होछार को अवसरमा थाक्रे गाउपालिका भित्र पनि यस्ता कार्यक्रमहरुको आयोजना गरि सांस्कृति हरुलाई जगेर्ना गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रमका सभाअध्यक्ष तथा प्रगतिशील युवा क्लवका अध्यक्ष निकेश तामाङले बताउनु भयो।

कार्यक्रममा बोल्दै थाक्रे गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष विजय तामाङले आफ्नो वडामा यस्तो महत्वपूर्ण सोनाम ल्होछार कार्यक्रम आफुहरुले गर्न्नु पर्नेमा वडाका युवा हरुलेनै वडाको सस्कृति झल्कने गरि आयोजना गरेकोमा धन्यवाद दिनु हुदै यस्ता कार्यक्रमहरु वडामा आगामी दिनहरुमा पनि हुने र यस कार्यक्रममा नपुग आर्थिक कुरामा आफ्नो व्यक्तिगत र वडाले पनि सहयोग गर्ने बताउनु भयो।

त्यस्तै कार्यक्रमका विशेष अतिथि एवं थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले उक्त कार्यक्रमको सफलताको शुभकामना दिनु हुदै थाक्रे गाउँपालिकाले सबै धर्म,सँस्कृतिलाई जोगाइ राख्न यस्ता कार्यक्रमहरुमा पालिकाले सहयोग गर्दै आइरहेको बताउनु भयो। उहाले भोलिका दिनहरुमा पनि पालिका भित्र रहेका सबै समुदाय सबै धर्म,सँस्कृति जगेर्ना गर्दै जाने बताउनु भयो। साथै उहाले कार्यक्रमको लागि पालिका बाट आर्थिक सहयोग गर्ने बताउनु भयो।

कार्यक्रमका विशेष अतिथि एवं नेकपा एमाले धादिङका अध्यक्ष तथा पूर्व सांसद भुमी प्रसाद त्रिपाठीले कार्यक्रमको सफलताको शुभकामना दिनु हुदै सँस्कृति जोगाउने काममा युवाहरु लागेको भन्दै धन्यवाद दिनु भयो। बिदेशमा जानु भन्दा पनि युवाहरुलाई गाउँमै रोजगारी श्रृजना गरि आफ्नै ठाउमा बसी काम गर्ने बाताबरण बनाउनमा आफू लागिरहेको त्रिपाठीले बताउनु भयो।

तेस्तै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल सरकारको पूर्व कानुन मन्त्री तथा नेपाल तामाङ घेदुङ संघका केन्द्रीय सदस्य शेर वहादुर तामाङले कार्यक्रमको सफलताको शुभकामना दिनु भयो। उहाले सोनाम ल्होछार तामाङहरूको मात्र नभएर यो सबै नेपालीहरुको महान चाड रहेको बताउँदै सबै नेपालीले यस्ता कार्यक्रम भव्य रुपमा मनाउनुपर्ने बताउनु भयो। युवाहरु स्वदेशमै भए भने मात्र यस्ता धर्म सस्कृतिहरु जोगाउन सकिने बताउदै तामाङले युवा हरुलाई बिदेश पलायन बनाउन एक थरि समुहनै लागि परेको बताउनु भयो। यी एकथरि मानिसहरुलाई पाखा लगाउदै युवा हरुलाई स्वदेशमै रोजगारी श्रृजना गराउन आफुहरु लागि परिरहेको तामाङले बताउनु भयो।

शनिबार भएको उक्त कार्यक्रममा ४८ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ। प्रगतिशील युवा क्लवले केहि दिन अघि अमर्खु मा बि मा होस्टेल बस्ने बिधार्थी हरुको लागि केहि खाट हरु उपलब्ध गराएको यो। क्लवले बिधार्थी हरुलाई खेलकुदका सामान हरु वितरण गरिनुको साथै यस्ता अन्य सामाजिक कार्यक्रम तथा काम हरु गर्दै आइरहेको र भोलिका दिन हरुमा पनि क्लवका सम्पूर्ण टिम सामाजिक काममा लागि पर्ने अध्यक्ष निकेश तामाङले बताउनु भयो।

कार्यक्रममा ख्याती प्राप्त कलाकार हरुद्वारा बिभिन्न सास्कृतिक मनोरंजन दिएको थियो भने उक्त कार्यक्रममा वडाका वडा अध्यक्षहरु बिभिन्न पार्टिका नेता, समाज सेवी स्थानिय लगायतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा टोलटोलको खबर डट कम मिडिया पार्टनर रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस