FLASH NEWS

धादिङमा अखाद्य वस्तु विक्रि गर्ने एक होटललाई २५ हजार जरिवाना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ पौष १३, शनिबार (१ साल अघि)
  • ४३४

    Shares

धादिङमा अखाद्य वस्तु विक्रि गर्ने  एक होटललाई २५ हजार जरिवाना

धादिङ: जिल्ला अनुगमन समिति धादिङले बिभिन्न स्थानमा नियमित अनुगमन गर्दै आईरहेको छ।

अनुगमनका क्रममा बिहिबार पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकामा रहेको भैरवीनाथ भोजनालयलाई २५ हजार जरिवाना तिराईएको अनुगमन समितिका संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेले जानकारी दिनुभयो।

अनुगमनका क्रममा अखाद्य वस्तु विक्रि गरिएको भेटिएपछि जरिवाना गरिएको न्यौपाने को भनाइ छ।

होटलमा खानेकुराहरु खान सक्ने अवस्थामा नभएको,फ्रिजमा राखेको मासु लगायतका खानेकुरा गन्हाइ रहेको, सरसफाई नभएको र खानेकुराहरुको लेवलिङ नभएका कारण प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६ दफा ६१ (१) बमोजिम कारवाही गरिएको उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुणामणी पुरीले बताउनुभयो।

अनुगमन टोलिले अखाद्य वस्तुहरु नष्ट गरेको छ ।

राजमार्गलाई लक्षित गरी नियमित अनुगमनमा रहेको र यस अघि पनि थुप्रै होटल तथा पसलहरुलाई कारवाही तथा तथा निर्देशन दिईएको अनुगमन समितिका संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस