६८
Sharesधादिङ: धादिङको नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बालभेला तथा नगर स्तरीय बालक्लब सञ्जाल गठन कार्यक्रम भएको छ ।
नीलकण्ठ नगरपालिकाको १४ वटा वडाबाट सहभागी भएका बालक्लबका प्रतिनिधिहरुले तानिया परियारको अध्यक्षता २१ सदस्यीय निलकण्ठ नगरपालिका स्तरीय बालक्ल संञ्जाल गठन गरेको हो।
निलकण्ठ नगरपालिका सारा तामाङको अध्यक्षता तथा नगर प्रमुख भीम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा उपप्रमुख दिपक बिश्वकर्मा , प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी , वडाका वडाध्यक्षहरु, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी , नगरपालिकाका महिला बालबालिका शाखाका निर्मला केसी लगायतकाे बिशेष उपस्थिति रहेको उक्त कार्यक्रमको सहजिकरण प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले गर्नुभएको थियोे ।