FLASH NEWS

आजको मौसम कस्तो रहला ? हेर्नुहोस्

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ मंसिर २२, शनिबार (१ साल अघि)
  • ३८४

    Shares

आजको मौसम कस्तो रहला ? हेर्नुहोस्

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा शनिबार बिहान कोशी बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भागमा मौसम मुख्यतया सफा छ।

गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भूभागलगायत बाँकी तराई क्षेत्र तथा उपत्यकाहरूका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, बागती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस