FLASH NEWS

पूर्वसूचना हुँदा पनि सवारी सन्चालनमा प्रशासनले रोक नलगाएको भन्दै धादिङ र काभ्रेका सीडीओ गृह मन्त्रालयमा तानिए

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ आश्विन १४, सोमबार (२ महिना अघि)
  • १७४

    Shares

पूर्वसूचना हुँदा पनि सवारी सन्चालनमा प्रशासनले रोक नलगाएको भन्दै धादिङ र काभ्रेका सीडीओ गृह मन्त्रालयमा  तानिए

धादिङ:   धादिङ र काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् ।

गृह मन्त्रालयले धादिङमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ ।

यसअघि धादिङमा राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्य प्रसाद सेढाइँ प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो ।उहाँहरुलाई गृहमन्त्रालयमा तानिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सन्चालनमा प्रशासनले रोक नलगाउँदा धेरै क्षति भएको गृह मन्त्रालयको निष्कर्ष छ ।

मौसम पूर्वानुमान महाशाखाले बेलैमा गराएको सचेतना र सञ्चारमाध्यमबाट त्यसको व्यापक प्रचार प्रसार हुँदाहुँदै सयौँ सवारीसाधन र यात्रुलाई राजमार्गमा निस्किन अनुमति दिँदा मानवीय क्षति धेरै भएको गृहको भनाई छ ।

नागढुङ्गा–नौबिसे सडकखण्ड (त्रिभुवन राजपथ) अन्तरगत धुनिबेसी नगरपालिका र काठमनडौ को सिमानामा पर्ने झ्याप्लेखोलामा पहिरो खसेर सवारी साधनसहित पुरिदा ३५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

यसैगरी गृहमन्त्रालयको पछिल्लो तथ्यांक अनुसार धादिङमा सबै गरि ३८ जना र काभ्रेमा ५० जनाले ज्यान गुमाएका छन्का भने काभ्रेमा अझै १० जना बेपत्ता छन्।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस