FLASH NEWS

नेकपा एमालेको सचिवालय बैठक बस्दै

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ श्रावण १७, बिहिबार (२ साल अघि)
  • ४२६

    Shares

नेकपा  एमालेको  सचिवालय बैठक बस्दै

फाइल तस्विर

१७ साउन २०८१:     नेकपा एमालेको सचिवालयको बैठक बस्ने भएको छ। बैठक आज बिहान ११ बजे हनुमानस्थानस्थित होटेल बसेरामा बस्ने भएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने छ।

गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो।

सोही निर्णयानुसार कार्यविभाजन सम्बन्धि मापदण्ड बनाएर सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस