FLASH NEWS

नीलकण्ठ बहुमुखी क्यापस द्वारा खिर खाने कार्यक्रम

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ श्रावण १५, मंगलबार (१ साल अघि)
  • २८४

    Shares

नीलकण्ठ बहुमुखी क्यापस द्वारा खिर खाने कार्यक्रम

१५ साउन,धादिङ:     आज धादिङ सहित देशभर नेपाली समाजमा खीर खाएर मनाइएको छ।
दूधमा चामल मरमसला हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ।

संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् हरुले बताएका छन्।

यसै विच धादिङको सदरमुकाम धादिङ बेशीमा रहेको नीलकण्ठ बहुमुखी क्यापसले साउन १५ खिर खाने दिनलाई भव्यताका साथ मनाएको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरि स्वतन्त्र विद्यार्थी युनियनले शुभकामना आदान प्रदान तथा खिर खाएर मनाएको हो ।

परम्परा र संस्कृतिलाई जोगाउने उद्धेश्यले खिर खाने कार्यक्रमको आयोजना गरिएको अध्यक्ष कविराज श्रेष्ठले बताउनुभयो ।
स्ववियुका अध्यक्ष कविराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्ववियुका पूर्व अध्यक्ष तथा नीलकण्ठ नगरपालिका वडा नं १० का वडा अध्यक्ष सरोज पाण्डेको प्रमुख आतिथ्य तथा क्याम्पस प्रमुख नवराज शर्माको विषेश आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा क्याम्पसका विद्यार्थीहरु तथा प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस