३०५
Shares२३ साउन, धादिङ। धादिङमा आज थप ७५ जनामा डेँगु संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकाका ६१ जना, त्रिपुरासुन्दरी गाउपालिकामा ३ जना ,बेनीघाट रोराङ गाँउपालिका ४ जना , सिद्दलेक गाउपालिकामा १ ,ज्वालामुखी गाउपालिकाम ३ जना ,गजुरी गाउपालिकामा २ जना , अन्य जिल्लाको १ जना रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।
जसमध्ये ४३ जना पुरुष र ३२ जना महिला रहेका छन् । यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या १ हजार ४१ जना पुगेको छ । जसमध्ये ५ सय ३७ जना पुरुष र ५ सय ४ जना महिला रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । डेंगु संक्रमण जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य कार्यलय धादिङ र ,स्थानीय तहहरुले सुरक्षित रहन आग्रह गर्दै आएका छन् ।
त्यस्तै पछिल्लो समय डेंगुको संक्रमण बढ्दै जान थालेपछि स्थानीय तहरुले लामखुट्टेको वासस्थानको खोजी गरेर नष्ट गर्ने कार्यक्रम समेत गरिरहेका छन् ।