२६५
Shares१८ साउन २०८०। धादिङमा आज थप ६२ जनामा डेँगु संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकाका ५३ जना, त्रिपुरासुन्दरी गाउपालिकामा ४ जना, सिद्दलेक गाउपालिकामा १ ,गंगाजमुना गाउपालिकामा २ जना , नेत्रावती डबजोङ गाँउपालिका २ जना रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।जसमध्ये ३५ जना पुरुष र २७ जना महिला रहेका छन् ।
यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या ७ सय २७ जना पुगेको छ । जसमध्ये ३ सय ८९ जना पुरुष र ३ सय ३८ जना महिला रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।
डेंगु संक्रमण जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य कार्यलय धादिङ र ,स्थानीय तहहरुले सुरक्षित रहन आग्रह गर्दै आएका छन् । त्यस्तै पछिल्लो समय डेंगुको संक्रमण बढ्दै जान थालेपछि स्थानीय तहरुले लामखुट्टेको वासस्थानको खोजी गरेर नष्ट गर्ने कार्यक्रम समेत गरिरहेका छन् ।
बिहिबार धुनिबेशी ५ र ७ मा पनि जनप्रतिनिधि,स्वास्थ्य कर्मी,रेडक्रस कर्मी, नगर प्रहरी ,नेपाल प्रहरी , शिक्षक विद्यार्थी र स्थानिय नागरिक लगायतको सहभागितामा सचेतना मुलक कार्यक्रम गरिएको छ।