FLASH NEWS

धादिङमा बैँक, वित्तिय संस्था तथा सहकारी कर्मचारी युनियनको तदर्थ समिति गठन

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० श्रावण १३, शनिबार (२ साल अघि)
  • २९८

    Shares

धादिङमा बैँक, वित्तिय संस्था तथा सहकारी कर्मचारी युनियनको तदर्थ समिति गठन

धादिङ,१३ श्रावण,२०८०।  शनिबार  धादिङमा बैँक, वित्तिय संस्था तथा सहकारी कर्मचारी युनियनको तदर्थ समिति गठन गरिएको छ।

जिल्लामा छरिएर रहेका बैँक तथा वित्तिय र सहकारी क्षेत्रका कर्मचारीको हक अधिकार सुनिश्चित गर्नका लागि कर्मचारी युनियनको तदर्थ समिति गठन गरिएको हो ।

शनिबार धादिङबेसीमा भएको भेलाले गोकर्ण दुवाडीको संयोजकत्वमा ९ सदस्यिय तदर्थ समिति गठन गरेको छ । समितिको सचिवमा जिवन सिलवाल र सदस्यहरुमा खड्गकुमार श्रेष्ठ, नारायण सुवेदी, हरिहर लुइटेल, रेशम खतिवडा, नेत्रकुमारी उप्रेती, कृष्णप्रसाद सिलवाल र नारायण न्यौपानेलाई चयन गरेको छ ।

बैँक, वित्तिय सस्था तथा सहकारीका कर्मचारीको ट्रेड युनियन अधिकारका लागि कर्मचारीहरुलाई संगठित गरिएको संयोजक दुवाडीले बताउनुभयो।तदर्थ समितिले बैक, वित्तिय र सहकारी क्षेत्रका कर्मचारीहरु संगठित गरि जिल्ला अधिवेशन गर्ने दुवाडीले बताउनुभयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस