FLASH NEWS

थाक्रेको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको ताला खोलीने,मिलेर अघि बढ्ने जनप्रतिनिधि प्रतिवद्ध

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण ८, सोमबार (२ साल अघि)
  • ६१६

    Shares

थाक्रेको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको ताला खोलीने,मिलेर अघि बढ्ने जनप्रतिनिधि  प्रतिवद्ध

८ असार, २०८० थाक्रे    धादिङको थाक्रे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको ताला खोलीने भएको।
आज थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा भएको तालाबन्दी विषय र हालसम्म निर्णय भएका विषयहरुको कार्यान्वयन चुप्त दुरुष्त भए नभएको विषय माथि सम्पूर्ण कार्यपालिका सदस्यहरुबाट आ-आफ्नो धारणा सगै पालिकामा काम गर्ने क्रममा उठेका जनगुनासोहरु मध्यनजर गर्दै उक्त गुनासो प्रति यथार्थ, सत्य, तथ्य के हो छानविन गरि दोषिलाई कारवाही गर्ने र समृद्ध थाक्रे र सूखी थाक्रेवासीको नारालाई साकार पार्ने अभियानमा सबै टिम लाग्ने प्रतिवद्धता जनाए पछि उक्त ताला खोलिने भएको पालिकाले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। अब उप्रान्त थाक्रेमा कमीकमजोरी भएका भए अन्त्य गर्दै सुशासन कायम गर्न हामी जनप्रतिनिधि प्रतिवद्ध रहने जनताको काम कारवाहीलाई चुस्त दुरुप्त पार्ने र कोही कसैको दबाबमा नपरी जनस्तरबाट आएको गुनासो तथा सुझावलाई सिर्योधार्य र आत्मसाथ गर्दै थाक्रे सरकार जनताको काम गर्न प्रतिवद्ध रहेको पनि विज्ञप्ति उल्लेख गरिएको छ।

प्रेस विज्ञप्ति

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस