FLASH NEWS

थाक्रे गाउपालिका र फ़ोस्टर कार्यक्रमको आर्थिक वर्ष २०७९ /८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८० बैशाख २८, बिहिबार (२ साल अघि)
  • ५९८

    Shares

थाक्रे गाउपालिका  र फ़ोस्टर कार्यक्रमको आर्थिक वर्ष २०७९ /८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

थाक्रे गाउपालिका डाडिघाट ५ मा फ़ोस्टर परियोजना दोस्रो चरणको कार्यक्रम अन्तर्गत निर्माण भएको डाडिघाट बहुप्रयोग पानि प्रणालीको (मूस) उद्घाटन , परियोजना सल्लाहकार समितिको बैठक तथा आर्थिक वर्ष २०७९ /८० को सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ।
रिम्स नेपालका अध्यक्ष रमेश उप्रेतीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रिम्स नेपालका कोशाध्यक्ष प्रमिला पण्डितले स्वागत गर्नु भएको थियो। रिम्स नेपाल फ़ोस्टर परियोजनाका कार्यक्रम संयोजक सरोज पन्तले फ़ोस्टर परियोजनाको दोस्रो चरणमा थाक्रे गाउपालिका भरि भएका कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। यस्तै आड्रा नेपालका परियोजना अधिकृत पल्ली चौधरीले उपस्थिति कृषक हरुको जिज्ञाशालाइ सम्बोधन गर्दै आड्राले गरेका र यसले आगामी दिनमा गर्ने कामहरुको बारेमा जानकारी गराउनु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एबम थाक्रे गाउपलिकाका अध्यक्ष रामकुमार आचार्यले बहुप्रयोग पानि प्रणालीको (मूस) उद्घाटन गर्नु हुदै
रिम्स नेपाल र आड्राले गरेका कामको प्रसंसा गर्दै भोलिका दिनहरुमा पनि यस्ता साझेदारी कार्यक्रम लाइ निरन्तरता दिन आग्रह गर्नु भयो। नेपालमा वा पालिकामा जुनसुकै साझेदारी सस्था हरु आएर काम गरेपनि नेपाल सरकारको मातहतमा रहेर काम गर्ने भएकोले ढुक्क भएर आफु आफ्नो आत्म निर्भर हुदै ब्यबसाहिक तर्फ उन्मुख हुन् र पालिका वा सस्था हरुले सिकाएका सिप ज्ञानहरु सिकेर तेस्लाई ब्यावहारिकतामा लैजानको लागि पनि आचार्यले आग्रह गर्नु भयो। कृषिका बेमौसमी तरकारी खेति , तालिम ,बाख्रा उपाहार कार्यक्रम, ग्रामिण पशु स्वस्थ कार्यकर्ता तालिम लगाएतका सस्थाले उत्कृष्ट कार्यक्रम गरेकोले सस्थालाई धन्यवाद दिदै भोलिका दिनहरुमा पनि सहकार्य गर्नकालागि पालिका सधै तयार रहेको बताउनु भयो।

कार्यक्रममा थाक्रेका बिभिन्न वडाका वडा अध्यक्षहरु , पालिकाको कृषि र पशु सेवा शाखाका प्रमुखहरु सस्थाका कर्मचारीहरु , अगुवा कृषक लागाएतको सहभागिता रहेको थियो।
आड्रा नेपाल र रिम्स नेपालको साझेदारीमा संचालित फ़ोस्टर दोस्रो परियोजना थाक्रे गाउपालिका ,धुनिबेशी नगरपालिका, गल्छी गाउपालिका र गजुरी गाउपालिकामा बिगत ६ बर्ष देखि संचालन भैरहेको छ।

 

 

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस