FLASH NEWS

थाक्रेको महादेवबेशिमा लागु औषध दुर्ब्यशन बिरुद्धको सचेतना अभियान कार्यक्रम गरियो

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ फागुन ६, शनिबार (२ साल अघि)
  • २९८

    Shares

थाक्रेको महादेवबेशिमा लागु औषध दुर्ब्यशन बिरुद्धको सचेतना अभियान कार्यक्रम गरियो

थाक्रे। धादिङको थाक्रे गाउपालिकाको महादेवबेशिमा लागु औषध दुर्ब्यशन बिरुद्धको सचेतना अभियान कार्यक्रम भएको छ। शनिबार थाक्रे गाउपालिकाको समन्वय ,सिड्स धादिङ, जनजागृति मा वि,कालिका मा बि ,सरस्वति चिल्ड्रेन पार्क स्कुल ,बालज्योति एकेडेमी र इलाका प्रहरी कार्यालय खानिखोलाको आयोजना यस्तै पालिका स्तरिय युवा परिषद को संयोजन र संस्थागत विकास संजाल जर्मनी र ब्रोड फर द वल्डको सहयोगमा लागु औषध दुर्ब्यशन बिरुद्ध हाम्रो अभियान थाक्रेवाशीहरुको आत्म सम्मान र पहिचान भन्ने नाराका साथ् सचेतना मुलक कार्यक्रम गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा इलाकाप्रहरी कार्यालयका प्रमुख डबल बहादुर बमले लागु औषध दुर्ब्यशन सम्बन्धि कानुन मा केके छन् र तेस्मा लागे कारबाई हरु केके हुन्छ भन्ने बिषयमा उपस्थित हरुलाई जानकारी गराउनु भएको थियो।
पालिका स्तरिय युवा परिषदका अध्यक्ष विनिता प्रजाको अध्यक्षतामा भएको कार्यक्रममा सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती ,थाक्रे ७ का वडा अध्यक्ष युवराज खतिवाड ३ का बिजय लामा ,मिलिजुली सा कोसका अध्यक्ष उर्मिला रेग्मी , जनजागृति मा विका प्र अ लावन फुयाल , बिधार्थी ,स्थानिय लगाएतको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा लागु औषध दुर्ब्यशन बिरुद्धको सचेतना मुलक प्लेकार्ड सहित थाक्रेको मुख्य मुख्य बिभिन्न बजारमा सडक नाटक समेत गरिएको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस