FLASH NEWS

धुनिवेशीमा सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली(COPOMIS)तालिम गरियो

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०७९ फागुन ५, शुक्रबार (२ साल अघि)
  • ३९५

    Shares

धुनिवेशीमा सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली(COPOMIS)तालिम गरियो

धुनिवेशी।  धादिङको धुनिवेशी नगरपालिकामा सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) तालिम समापन भएको छ।
धुनिवेशी नगरपालिकाको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको कार्यक्रम आज शुक्रबार सम्पन्न गरिएको हो।
कार्यक्रम संयोजक माधव प्रसाद लुइटेलले संचालन गर्नु भएको कार्यक्रम नगरपालिकाको लेखा शाखा प्रमुख गोविन्द प्रसाद पौडेल र अजित यादवले सम्पत्ति शुद्दीकरण निवारणको कानुनी तथा संस्थागत व्यवस्था र COPOMIS सम्बन्धी प्रशिक्षण दिनु भएको थियो।
धुनिबेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रममा धुनिबेशी नगर सहकारी संस्थाका अध्यक्ष बासु बास्कोटा ,वडा नं. ८ का वडा सदस्य राजकुमार भण्डारी बिभिन्न सहकारीका पदाधिकारि हरुको उपस्तिती रहेको थियो। उक्त कोपोमिस सञ्चालन सम्वन्धी तालिम धुनिवेशी-७, स्थित मच्छिन्द्र बहूमुखी क्याम्पसको सभा हलमा भएको थियो ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस