FLASH NEWS

थाक्रे १०मा कृषकहरु लाई १ दिने बेसार खेती सम्बन्धि तालिम प्रदान

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०७९ माघ ५, बिहिबार (२ साल अघि)
  • ४७१

    Shares

थाक्रे १०मा कृषकहरु लाई १ दिने बेसार खेती सम्बन्धि तालिम प्रदान

थाक्रे। मसला बालि विकास केन्द्र पाचखाल काभ्रे द्वारा थाक्रे गाउपालिका वडा १० काे सामुदायिक भवनमा कृषकहरु लाई १ दिने बेसार खेती सम्बन्धि तालिम प्रदान गरेकाे छ ।
आधारशिला सामाजिक उधमि महिला कृषक सहकारीकाे समन्वयमा संचालन भएकाे उक्त तालिमकाे प्राबिधिक सहजिकरण कृषि अधिकृत राजेन्द्र रुपाखेती  र कृषि प्राबिधिक भुवन धमलाले गर्नुभएकाे थियाे ।
मसला बालि विकास केन्द्र पाचखाल काभ्रेले तालिम पश्चात् प्रति कृषक समुहहरुलाइ ४ सय किलो उन्नत जातको बेसारकाे बीउ निशुल्क बितरण गरेकाे थियो । कार्यक्रममा सहकारी संस्थाकाे अध्यक्ष प्रमिला पन्डित ,प्रजनन पिढि बिज काेया केन्द्र काे अधिकृत जयराम अधिकारी र थाक्रे वडा नं १० का ३० जना कृषकहरु सहभागी रहेको कृषि अधिकृत राजेन्द्र रुपाखेतीले टोल टोलको खबर लाइ जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस