FLASH NEWS

गजुरीमा १०१ जनाले गरे रक्तदान

  • टोलटोलको खबर
  • स्वास्थ्य
  • प्रकाशित मिति:
  • २०८० बैशाख ६, बुधबार (३ साल अघि)
  • ७३४

    Shares

गजुरीमा १०१ जनाले गरे रक्तदान

धादिङ ।  धादिङमा नियमित रक्तदानको कार्यक्रमहरु हुन नसक्दा रगतको चरम अभाव भैरहेको बेला आज गजुरीमा रक्तदान कार्यक्रम भएको छ ।
गजुरी गाउपालिकामा आज भएको रक्तदानमा ६९ पुरुष र ३२ महिला गरि १ सय १ जनाद्वारा रक्तदान भएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापति दुर्लभकुमार श्रेष्ठले बताउनु भयो ।
रगतको अभाव हुन् नदिन बेला बेलामा रक्तदान कार्यक्रम गरिएता पनि आझै रगत अपुग भैरहेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका कोसाअध्यक्ष नारायण कुमार श्रेष्ठले टोल टोलको खबर लाइ जानकारी दिनु भयो। एक घर एक रक्तदा कार्यक्रम लाइ आगाडि बढाइने र १८ वर्ष पुगेका युवा युवतीहरुले जन्म दिनको दिन केक मात्र नकाटी रक्तदान पनि गरेमा रक्तको अभाव नहुने श्रेष्ठले बताउनु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस