FLASH NEWS

आज देखि गल्छि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • टोलटोलको खबर
  • खेलकूद
  • प्रकाशित मिति:
  • २०७९ माघ २८, शनिबार (२ साल अघि)
  • ४४७

    Shares

आज देखि गल्छि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

धादिङ  ।   धादिङको गल्छि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज शनिबारबाट सुरु भएको छ । गल्छिको वडा नम्बर ४ मासटारमा रहेको जनकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला समन्वय समिती धादिङका प्रमुख नवराज अधिकारी र गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले भलिबल पास गरेसँगै प्रतियोगिता सुरु भएको हो ।


सोहि विद्यालयको व्यवस्थापन र गल्छि गाउँपालिका शिक्षा तथा खेलकुद विकास शाखाको आयोजनामा सुरु भएको प्रतियोगितामा पालिका भित्र रहेका ९ वटा विद्यालयका विद्यार्थीहरुले विभिन्न विधामा सहभागिता जनाएका छन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुति सहित मार्चपास गरेका थिए । जिल्ला समन्वय समिती धादिङका प्रमुख नवराज अधिकारी, गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाईकाजी तिवारी, पुर्व उपाध्यक्ष राधा तिमल्सिना, वडा अध्यक्षहरु, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरुले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो।

आज शनिबार बाट शुरु गरिएको प्रतियोगिता फागुन १ गते समापन हुने गाउँपालिकाको शिक्षा अधिकृत पेमा दोर्जे थोकरले बताउनु भयो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस