
५३
Shares
थाक्रे, धादिङ : थाक्रे गाउँपालिकाको आयोजनामा १६औँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी मंसिर १८, १९ र २० गते सञ्चालन हुने भएको छ। प्रतियोगिता थाक्रे गाउँपालिका–१० स्थित दोभाने खेलमैदानमा सञ्चालन हुनेछ।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार प्रतियोगितामा पालिकाभित्रका माध्यमिक विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत १८ वर्षभन्दा मुनिका विद्यार्थी खेलाडीहरू सहभागी हुनेछन्। प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स (दौड तथा फिल्ड इभेन्ट), मार्सल आर्ट्सअन्तर्गत तेक्वान्दो, उसु, सान्सु तथा कराँतेलगायत खेल समावेश गरिएको छ।
सहभागी विद्यालयहरूले खेलाडीहरूको आवश्यक कागजात, नामावली तथा सहभागिता फाराम मंसिर १४ गते बिहान १० बजेभित्र शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउनुपर्ने गाउँपालिकाले जनाएको छ। प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीको रु. ५ लाख बराबरको बीमा गरिने व्यवस्था समेत गरिएको छ।
गाउँपालिकाले प्रतियोगितामा सहभागिताका लागि पालिकाभित्रका सम्पूर्ण माध्यमिक विद्यालयलाई आवश्यक तयारी गर्न अनुरोध गरेको छ।




