FLASH NEWS

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन २३, शुक्रबार (९ घण्टा अघि)
  • २५

    Shares

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं:     नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बस्दैछ। बिहीबारदेखि सुरु भएको बैठकले संगठन सुदृढीकरण, राष्ट्रिय भेला, वडा तथा पालिका अधिवेशन र रिक्त जिल्ला अध्यक्ष पदपूर्तिसम्बन्धी निर्णय गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको पद तथा गोपनीयताको शपथ गराएको थियो। शपथसँगै भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन्।

बैठकले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने, मङ्सिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ। साथै, अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा नयाँ अध्यक्ष चयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

त्यस्तै, मधेस प्रदेशसभाको समानुपातिकतर्फ रिक्त सांसद पदमा नाजमा खातुनलाई मनोनयनका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णयसमेत बैठकले गरेको छ। बाँकी विषयमा छलफल गर्न बैठक आज पुनः बस्न लागेको हो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस