FLASH NEWS

आज देशका बिभिन्न स्थानमा भारी वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ भाद्र ३, बुधबार (६ घण्टा अघि)
  • ३३

    Shares

आज देशका बिभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं :    देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ। केही भूभागमा भने भारी वर्षाको समेत पूर्वानुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना छ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

कोसी प्रदेशको तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

राति देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोसी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा सामान्यतया बदली तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने विभागको पूर्वानुमान छ।

राति हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस