






४२
Shares
धादिङ: धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ अन्तर्गत नगरभित्र विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गरेका करिब १२५ जना खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।



नगर कार्यपालिकाको कार्यालयअन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट खेलाडीहरूलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको हो।
कार्यक्रममा वक्ताहरूले खेलकुदले स्वस्थ, अनुशासित र सक्षम समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै खेल क्षेत्रको विकास, प्रतिभाको प्रोत्साहन तथा खेल पूर्वाधार विस्तारलाई आगामी दिनमा पनि प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
आयोजकका अनुसार नगरका खेलाडीहरूको मनोबल अभिवृद्धि गर्नु, उनीहरूको योगदानको कदर गर्नु तथा नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो।
सम्मान कार्यक्रममा नगर प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख सुरज उप्रेती, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार खनाल, जनप्रतिनिधि, कर्मचारी, प्रशिक्षक, खेलकर्मी तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।
नगरपालिकाले भोलि का दिन हरुमा पनि यस्ता कार्यक्रम लाइ निरन्तरता दिने जनाएको छ।







