






४२
Shares
धादिङ : धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण जिल्ला घोषणा गरिएको छ। जिल्लाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसारका सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि यो घोषणा गरिएको हो।



बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका खोप कार्यक्रम फोकल पर्सन (स्रोतव्यक्ति) उत्तम प्याकुरेलले धादिङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। कार्यक्रममा बोल्दै उहाँले खोप कार्यक्रमले बालबालिकाको जीवन रक्षा मात्र नभई स्वस्थ समाज निर्माणको बलियो आधार तयार गर्ने बताउनुभयो।
स्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलका अनुसार जिल्लाका सबै स्थानीय तहमा गरिएको सर्वेक्षणमा खोप लगाउनुपर्ने कुनै पनि बालबालिका नछुटेको पुष्टि भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
उहाँका अनुसार जिल्लामा जन्मदेखि १५ महिनासम्मका ३ हजार ७ सय २४ जना तथा १६ महिनादेखि २३ महिनासम्मका ३ हजार ३ सय ३४ जना बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसारका सबै आवश्यक खोप प्राप्त गरेका छन्।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियानलाई सफल बनाउन योगदान पुर्याउने स्थानीय तह, स्वास्थ्य संस्था, सरोकारवाला निकाय तथा अग्रपंक्तिमा खटिएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो।
कार्यक्रमको केहि तस्विर हरु







