






३३
Shares
धादिङ जिल्लाको थाक्रे गाउँपालिका–७ स्थित बोगटेनी चेपाङ समुदायमा महिला हिंसा तथा लागूपदार्थ सेवनले किशोरी, बालबालिका र समग्र समुदायमा पार्ने प्रत्यक्ष असरबारे एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।



ActionAid नेपालको आर्थिक सहयोग, ICDC Nepal को समन्वय तथा किशोरी सञ्जालको सहजीकरणमा आयोजित उक्त कार्यक्रम किशोरी सञ्जालकी अध्यक्ष प्रतिमा घलानको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा महिला हिंसाका विभिन्न स्वरूप, त्यसको रोकथाम, कानुनी व्यवस्था, घरेलु हिंसाबाट हुने असर तथा लागूपदार्थ दुर्व्यसनले किशोरी, बालबालिका, परिवार र समुदायमा पार्ने नकारात्मक प्रभावबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। सहभागीहरूलाई हिंसाविरुद्ध सचेत रहन, सुरक्षित वातावरण निर्माण गर्न तथा लागूपदार्थ दुर्व्यसन नियन्त्रणमा समुदायको सक्रिय भूमिका आवश्यक रहेको विषयमा समेत जानकारी गराइएको थियो।
उक्त कार्यक्रममा प्रहरी चौकीका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, बालबालिका, किशोरी तथा स्थानीय समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले महिला हिंसा न्यूनीकरण तथा लागूपदार्थ दुर्व्यसनविरुद्ध समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।






