











५१५
Shares
धादिङ, थाक्रे : आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार भूमि धादिङका विभिन्न बस्तीमा मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्।



थाक्रे गाउँपालिका वडा नम्बर २, ३ र ४ का गाउँहरूमा पुग्दा मतदाताहरूले विकास र समृद्धिसँग प्रत्यक्ष जोडिने नीति तथा कानुन निर्माणमा पहल गर्न आग्रह गरेका छन्। भेटघाटका क्रममा स्थानीयले प्रतिनिधिबाट आफ्ना दैनिक आवश्यकतासँग सम्बन्धित काममा प्राथमिकता राखेर सुझाब दीएका छन् । विशेषगरी महादेबबेसी–निगाले–आग्रा सडक, महादेबबेसी–रातमाटे चल्ती सडक कालोपत्रे, सिंचाइ र खानेपानीको सहज व्यवस्था, साथै शिक्षा र स्वास्थ्य सेवामा सरल पहुँच सुनिश्चित गर्ने खालका योजना अघि बढाउन माग गरिएको छ।
स्थानीयवासीले विकास योजनाहरू गाउँमै ल्याउने र कार्यान्वयनमा पारदर्शिता अपनाउने प्रतिबद्धता खोजेका छन्। उनीहरूले नीति निर्माण तहमा पुगेपछि ग्रामीण भेगको आवश्यकता ओझेलमा नपरोस् भन्ने अपेक्षा राखेका छन्।
उम्मेदवार त्रिपाठीले मददाताको गुनासोलाई समक्ष्य नागरिकको आवश्यकता र चाहनालाई केन्द्रमा राखेर नीति, नियम र कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्तगर्नु भएको छ । साथै, विकास निर्माणका योजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउने र जनतामुखी कार्यक्रममार्फत सेवा पहुँच विस्तार गर्ने बताउनु भएको छ।
त्रिपाठीले बिहीबार महादेबबेसी, समनटार, सिम, मिलनचोक, भूमिचुली, डाँडाखार्क, डाँडागाउँ, निगाले, लिति, बाहुनथान र धैरेनीलगायत स्थानमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै जनताको सुझाव संकलन गर्नु भएको हो । उहाले जनचाहनाअनुसार कानुन निर्माण र विकासका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताउनु भयो।






