FLASH NEWS

धादिङमा एमालेद्वारा मोटरसाइकल र्‍यालीसहित चाडपर्व विशेष कार्यक्रम, उपमहासचिव ज्ञवालीको सम्बोधन गर्नुहुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ कार्तिक २, आईतबार (९ घण्टा अघि)
  • ५६

    Shares

धादिङमा एमालेद्वारा मोटरसाइकल र्‍यालीसहित चाडपर्व विशेष कार्यक्रम, उपमहासचिव ज्ञवालीको सम्बोधन गर्नुहुने

धादिङ:    नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय निर्वाचन क्षेत्र नं. १ क्षेत्रीय कमिटी, धादिङको आयोजनामा शुभदिपावली, छठ पर्व तथा नेपाल संवत ११४६ को अवसरमा विशेष कार्यकर्ता भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम आज आइतबार बिहान ११ बजे हुने भएको छ।

“दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं” भन्ने मूल नारासहित कार्यक्रम गल्छी गाउँपालिका–८ स्थित छाङ्गेश्वर मन्दिर परिसरमा आइतबार (कार्तिक २ गते) बिहान ११ बजेबाट सुरु हुने एमालेले जानकारी दिएको छ।

कार्यक्रममा एमालेका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख अतिथिका रूपमा उपस्थित भई सम्बोधन गर्नुहुने जनाइएको छ।

कार्यक्रमपूर्व सुरुङ्गदेखि गल्छीसम्म र मलेखुदेखि गल्छीसम्म मोटरसाइकल र्‍याली समेत आयोजना गरिने आयोजकले जनाएको छ। र्‍यालीको उद्देश्य कार्यक्रमप्रति जनसमर्थन र उत्साह अभिवृद्धि गर्नुका साथै चाडपर्वको उल्लासमा कार्यकर्ताहरूको एकता प्रदर्शन गर्नु रहेको छ। एमालेले जनाएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस