FLASH NEWS

नौविसेमा कांग्रेसले दिवंगत नेता उप्रेतीको स्मृतिमा शोकसभा गर्ने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ श्रावण ७, बुधबार (४ महिना अघि)
  • २८४

    Shares

नौविसेमा  कांग्रेसले  दिवंगत नेता उप्रेतीको स्मृतिमा शोकसभा गर्ने

धादिङ:    नेपाली कांग्रेस धादिङले पार्टीका पूर्व जिल्ला सभापति दिवंगत भरत प्रसाद उप्रेतीको स्मृतिमा शोकसभा आयोजना गर्ने भएको छ।

शोकसभा यही साउन ८ गते बिहीबार दिउँसो १ बजे धुनीबेसी नगरपालिका वडा नम्बर ७ स्थित नौविसे चोकमा हुने नेपाली कांग्रेस धादिङले जानकारी दिएको छ। दिवंगत उप्रेतीको १३औँ दिनको अवसर पारेर श्रद्धाञ्जलिसहितको कार्यक्रम आयोजना गर्न लागिएको हो।

नेपाली कांग्रेस धादिङका सचिव विकास श्रेष्ठका अनुसार शोकसभामा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरूको उपस्थिति रहनेछ।

भरत प्रसाद उप्रेतीको निधन २०८२ असार २८ गते काठमाडौँमा ९७ वर्षको उमेरमा भएको थियो। उनी कांग्रेसका निष्ठावान नेता, पूर्व जिल्ला सभापति र समाजसेवामा सक्रिय व्यक्तित्वका रूपमा चिनिन्थे।

कार्यक्रममा कांग्रेसका विभिन्न तहका नेता, कार्यकर्ता, स्थानीय जनप्रतिनिधि, शुभेच्छुक र सर्वसाधारणको सहभागिता रहने बताइएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस