१०९
Shares|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
धादिङ: धादिङको धुनिवेशीमा डेंगुको प्रकोप लाई ध्यानमा राखेर यसको नियन्त्रणका लागि स्वास्थ्यकर्मी र सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको छ ।
बिहिबार धुनिवेशी नगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्यकर्मी विच डेंगु रोगको विषयमा अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो। कार्यक्रममा डेंगु रोगका लक्षण यसबाट हुने खतरा र यसबाट जोगिने उपायका बारेमा स्वास्थ्य शाखा प्रमुख धुर्ब कुमार अधिकारीले जानकारी गराउनु भएको थियो।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख धुर्ब कुमार अधिकारीले डेंगु रोगको प्रकोप बढदै गएको हुँदा यसबाट सबै सचेत हुन आग्रह गर्नु भएको छ ।डेंगुको लक्षण देखिना साथ चिकित्सकलाई देखाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । उहाका अनुसार घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाईबाट जोगिन झुल टाँगेर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पूरै छोपिने गरी लुगा लगाउने, घर वरपर सफला राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधिको प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिने बताउनु भयो।
कार्यक्रममा धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख सुरज उप्रेती, प्रमुख प्रशासकिय अधिकृत कृष्ण जैसी ,स्वास्थ्यकर्मी, नेपाल प्रहरी , नगर प्रहरी लगायतको सहभागिता रहेको थियो।