FLASH NEWS


यहि फागुन २४ गते धादिङबेशीमा महिला उद्यमशीलता उत्सव हुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन १९, सोमबार (२ हप्ता अघि)
  • १०३

    Shares

यहि फागुन २४ गते धादिङबेशीमा महिला उद्यमशीलता उत्सव हुने

धादिङ:  धादिङको सदरमुकाम धादिङबेशीमा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला उद्यमशीलता उत्सव हुनेभएको छ ।

यहि फागुन २४ गते ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला उद्यमशीलता उत्सव हुनेभएको हो । नीलकण्ठ नगरपालिकाको आयोजना र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको सहकार्यमा आज नीलकण्ठ नगरपालिकामा बसेको बैठकले उक्त कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो ।

नीलकण्ठ नगरपालिका भित्र रहेका महिलाहरुले उत्पादन गरेका वस्तुहरुको स्टल राखि विक्रि वितरण तथा प्रर्दशनी,विभिन्न सचेतना मुलक गीत,तथा नृत्य प्रस्तुत गरिने छ । सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण भन्ने मुल नाराका साथ दिवस मनाउन लागिएको हो ।

बैठकले गैंसस महासंघ धादिङका अध्यक्ष शालिकराम दुवाडीको संयोजकत्वमा पाँच सदस्यीय व्यवस्थापन समिति समेत गठन गरेको छ ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस