FLASH NEWS

नेकपा एमाले धादिङको पार्टी कार्यालय भवन पूर्वाधारमन्त्री मास्केद्धारा शिलान्यास

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ माघ २७, आईतबार (१ साल अघि)
  • ६५०

    Shares

नेकपा एमाले धादिङको पार्टी कार्यालय भवन पूर्वाधारमन्त्री मास्केद्धारा शिलान्यास

धादिङ :  नेकपा एमाले धादिङले पार्टी कार्यालयको नयाँ भवन निर्माण सुरु भएको छ । २०७२ सालको भुकम्पको असरले अहिले भइरहेको मदन आश्रित स्मृति भवनको तला थप्न नमिल्ने भएपछि नेकपा एमाले धादिङले नयाँ भवन बनाउन सुरु गरेको एमाले धादिङले जनाएको छ ।

धादिङबेसीस्थित आफ्नै जग्गामा निर्माण गर्न लागिएको भवनको आइतबार बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले आइतबार एक समारोहकाबीच शिलान्यास गर्नु भएको ह।

भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मास्केले धादिङ जिल्लाको विकास र समृद्धिको लागि आफु र आफ्नो मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो । नेकपा एमालेमा युवा नेताका रुपले परिचित मास्केले धादिङको जनप्रतिनिधिहरुको तर्फबाट आफैले नेतृत्व लिए सरह हुनेगरी जिल्लाको विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । ‘यो पटक धादिङमा नेकपा एमालेको तर्फबाट विजयी थोरै मात्रै जनप्रतिनिधि हुनुहुन्छ । धेरै को माग पुरा गर्न सकिरहेको अवस्था छैन त्यसैले धादिङका सम्पूर्ण काममा म आफै जिम्मेवारी लिएर काम गर्नेछु’, मास्केले भन्नु भयो –‘मन्त्रालय र आफ्नो तर्फबाट प्रदेशका सबै जिल्लाहरुमा आम जनताले देखिने गरी काम गरिरहेका छौं । २०८४ साल एमालेका लागि शुभ हुनेछ ।’

नयाँ भवनको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन कार्यालय नुवाकोटमार्फत ठेक्का आव्हान गरी एक करोड २५ लाखमा निर्माण थालिएको नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जानकारी दिनु भयो । नुवाकोटको गढी चुली निर्माण सेवा कम्पनीले आगामी असार मसान्तभित्र सक्नेगरी भवन निर्माणको जिम्मेवारी पाएको छ ।

नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाका अनुसार अहिले निर्माण सुरु गरेको भवन तीन तलाको हुने र सुविधासम्पन्न सभाहल समेत रहनेछ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस